काठमाडौँ : लामो समयदेखि अमेरिकामा रहेर नेपाली गीत संगीतमा सक्रिय रहँदै आएकी गीतकार पुनम मोथेको ुनाँच मायाु बोलको गीतको छायाँकन सम्पन्न भएको छ । गीतमा शव्द पुनम मोथेकै रहेको छ भने तिलक बस्नेत र बिन्दु परियारको स्वर रहेको छ । गायकको आफ्नै संगित रहेको गीतको भिडियोतर्फ भने बिना राउत र सरोज प्रजाको अभिनय , पवन सुस्लिङको छायाँकन तथा सम्पादन , प्रशान्त मगरको कोरियोग्राफी तथा जीवन शाहीको निर्देशन रहेको छ ।
लामो समयदेखि संगित यात्रालाई निरन्तरता दिँदै आएकी पुुनमको पछिल्लो समय अविरल माया बोलको गीत दर्शक श्रोताले अत्याधिक मन पराएका थिए । पछिल्लो गीतलाई जस्तै ुनाँच मायाु लाई पनि दर्शक श्रोताले मन पराईदिनुहुनेछ भन्ने गीतकार पुनमको रहेको छ ।
तिहारको कोशेली स्वरुप गीतको भिडियो असोज २६ गते सार्वजनिक हुनेछ ।