खोटाङ : खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङको मनोरम दृश्यले पर्यटकको ध्यान केन्द्रित गरेको छ । समुद्री सतहदेखि तीन हजार ३३३ मिटर उचइमा पर्ने मयुङ आन्तरिक तथा वाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ।
यस्तै, खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङडाँडाको बीचमा हाँसपोखरी रहेको छ। हाँसपोखरीसँगै साना-ठूलागरी दर्जनौँ पोखरी रहेका मयुङमा बिहानीपख आहाराका लागि सयौँको सङ्ख्यामा पानीहाँस आउने गर्छन् ।
ठुल्ठुला घाँसे मैदान तथा प्रयाप्त मात्रामा पानीको स्रोत रहेको मयुङमा भेडा, चौरी, घोडा तथा गाईगोरु पालन गरिएको छ ।
