
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१४ फाल्गुन २०८१, बुधबार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
काठमाडौं : नेपाल टेलिकमले संविधान दिवस २०७९ को अवसरमा (Constitutional Day Offer) नयाँ अफर ल्याएको छ । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुने नेपाल टेलिकमले जनाएकाे छ ।
यस अफर अन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक रु. ९८ मा खरिद गर्न सकिने छ भने त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अन-नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक रु. ४९ मा उपलब्ध हुनेछ ।
यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक रु. २९४ मा खरिद गर्न सकिने टेलिकमले जनाएकाे छ ।