तपाईंहरु पनि कामको खोजीमा हुनुहुन्छ भने कुमारी जबको सामाजिक सञ्जाल, वेबसाइट अथवा कुमारी जबको कार्यालयमै गएर एकदमै निःशुल्क रुपमा सेवा लिन सक्नुहुनेछ ।
काठमाडौँ : कोभिड महामारीपछि कामको खोजीमा विदेशिने युवाको संख्या फेरि पनि आकाशिँदै जान थालिसकेको छ । श्रम तथा रोजगार विभागको ताजा तथ्यांकले विदेश उड्नेको संख्या दोब्बर भएर श्रावण महिनामा मात्र दिनमै २८०० ले श्रम स्वीकृति लिएको देखाएको छ । तर हातमा सीप हुनेले नेपालमै पनि राम्रो काम पाइरहेका छन्, जसको उदाहरण हुन् सन्जीब स्याङ्तान । २४ वर्र्षय सन्जीव पेशाले को–अपरेटिभ फाइनान्स अड्भाइजर हुन् र उनी निरन्तर रुपमा अड्भान्स अकाउन्टिङको प्रशिक्षण पनि प्रदान गर्दै आइरहेका छन् । प्रस्तुत छ, यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानीको संक्षिप्त अंश :
मैले यो क्षत्रमा काम गर्न थालेको चाहिँ सन २०१७ देखि हो, अहिलेको कम्पनी ई– डिजिटल नेपालमा चाहिँ विगत एक वर्षदेखि कार्यरत छु ।
शुरुवाती अवस्थामा काम पाउन अलिक कठिन नै थियो । मैले मेरो साथीहरु, आफन्त लगायत चिने–जानेको सबैमार्फत काम खोजेँ । सामाजिक सञ्जालमा आउने हरेक विज्ञापन पनि हेर्थेँ, सम्पर्क गर्थेँ तर मेरो सिप र योग्यता अनुसारको काम भेट्टाउन सकिरहेको थिइँन । अन्त्यमा मैले फेसबुकमा कुमारी जब भेटेँ र वहाँहरु मार्फत नै मैले खोजेको जस्तै काम पाउन सफल पनि भएँ ।
मैले सामाजिक सञ्जाल फेसबुक मार्फत कुमारी जबको बारेमा थाहा पाएको हुँ ।
कुमारी जबले मलाई जागिरको सिलसिलामा धेरै सहयोग ग¥यो । वहाँहरुले मलाई अन्तरवार्ताको लागि कसरी आफुलाई तयार गर्ने र कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि राम्रो जानकारी प्रदान गर्नुभयो ।
अन्तर्वाताको लागि वहाँहरुले मलाई धेरै सहयोग गर्नुभयो । वहाँहरुले मलाई अफिसमै बोलाएर अन्तर्वाता कसरी हुन्छ, के–के सोधिन्छ र कसरी जवाफ दिने लगायत अन्य धेरै कुरामा सहयोग गर्नुभयो ।
मैले एकदमै खोजेको जस्तै सहयोग पाएँ र यसको लागि म धेरै खुशी छु ।
पक्कै पनि कामले मलाई आर्थिक स्वतन्त्रता दिएको छ, र सँग–सँगै राम्रो जीवनशैली दिएको छ । र सबैभन्दा महत्त्वपूर्ण भनेको मैले हरेक दिन सिक्ने अवसर पाएको छु, जसले मेरो ज्ञान र सिप वृद्धि भएको छ जसले मलाई भविष्यको लागि तयार बनाएको छ ।
मेरो क्षमता र अनुभवको आधारमा मैले नेपालमै राम्रो अवसर देखेको छु । त्यसैले विदेश जाने मेरो सोच छैन ।
हजुर, म मेरो अहिलेको काममा धेरै खुशी छु ।
मलाई काम खोज्न सहयोग गरेकोमा कुमारी जब र यसका सहयोगी, मिलनसार कर्मचारीहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । साथ–साथै कामको खोजीमा रहेका म जस्तै अन्य युवा मित्रहरुलाई पनि कुमारी जब मार्फत काम खोज्न सुझाव दिन्छु । वहाँहरुले कामको खोजीमा रहेका सबैलाई विल्कुलै निःशुल्क रुपमा सेवा प्रदान गर्नुहुन्छ र यदि तपाईंहरु पनि कामको खोजीमा हुनुहुन्छ भने कुमारी जबको सामाजिक सञ्जाल, वेबसाइट अथवा कुमारी जबको कार्यालयमै गएर एकदमै निःशुल्क रुपमा सेवा लिन सक्नुहुनेछ भनेर पनि जानकारी दिन चाहन्छु ।