काठमाडौं । नावालिका बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।
एक नाबालिक किशोरीले आफुलाई करणी गरेको भन्दै कप्तान लामिछोनेविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । त्यसबारे अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमाति मागेको थियो ।