काठमाडौं, २२ भदौ : आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक पून : बस्दै छ ।
आज बस्ने बैठकमा प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।
प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने निरन्तर विरोध जनाउँदै आएको छ ।
उक्त विधेयकका विषयमा आज छलफल हुने र टुंगोमा पुग्ने जनाइएको छ ।