काठमाडौं, १७ भदौ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ (10+2) को नतिजा आज सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको ।
कसरी हेर्ने नतिजा
कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि Landline/Mobile बाट १६०१ डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिच्नुहोस् वा SMS बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस् । https://neb.ntc.net.np बाट पनि नतिजा हेर्न सकिन्छ।