काठमाडौँ : केन्याको राजधानी नैरोबीमा जारी अन्तर्राष्ट्रिय टी–२० खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै १७५ रन बनाएको छ ।
नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्धको उक्त खेलमा अर्धशतक पूरा गरे । उनले ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रन बनाए ।
५ वटा ट्वान्टी २० श्रृङ्खलामा नेपाल र केन्याले २(२ वटा खेल जितेका छन् ।
आजको खेलमा जित्नेले श्रृङ्खला जित्ने छ ।
