काठमाडौँ, १४ भदौ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने जनाएको छ । परीक्षा बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डकाका अनुसार आज बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ ।