काठमाडौंः राष्ट्रपति विद्या भण्डारीले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ प्रमाणीकरण नगरी पुनः संसद्मा फर्काएको विषयप्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शितल निवास पुगेका छन् ।
काग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की आज दिउँसो शितल निवास पुगेका हुन ।
त्यसैगरी शनिबार लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण तथा जितेन्द्र सोनाल लगायतका नेताहरु राष्ट्रपतिलाई भेट्न शनिबार शीतल निवास पुगेका थिए।