Admission Open

ad place

आज पनि बिहान ११ बजे संघीय संसद बैठक बस्दै, के छ आजको कार्यसूची

काठमाडौँ, १३ भदौ :  आज पनि बिहान ११ बजे संघीय संसद बैठक बस्ने भएको छ । संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण मेलमिलाप आयोग विधेयक २०७९ को प्रस्ताव प्रस्तुत हुने भएको छ। उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइरालाले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने बैठकको सम्भावित कार्यसूची रहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...