काठमाडौं : मेगा क्यापिटल मार्केटस लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा नारी सशक्तिकरणका लागि क्यापिटलले छुटसहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ ।
यसबाट नारीहरुले आत्मनिर्भरताका लागि सेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पु¥याउने विश्वास कम्पनीले राखेको छ । आफूले पर्याप्त समय दिन असमर्थ हुँदा वा सेयर बजार सम्बन्धी जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यवसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्नेछन् ।
उक्त सेवा न्युनतम ३ लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहनेछ ।विशेषज्ञहरुबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकोले यस सेवा सुरक्षित रहने सम्भावना उच्च छ । उक्त सेवा भदौ १२ गतेदेखी असोज १२ सम्म लागू हुनेछ ।
यस सेवामा AMC पूर्ण रुपमा निशुल्क हुनेछ । सो सेवा आफुसँग भएको सेयर हस्तान्तरण गरेर पनि प्रारम्भ गर्न सकिनेछ PMS को सम्पूर्ण जानकारी अनलाइन मार्फत वा प्रत्यक्ष भेटघाटबाट गराईने छ । इच्छिुक नारीहरुले उक्त सेवा सम्बन्धी विस्तृत विवरणका सिधा मेगा क्यापिटल मार्केटस लिमिटेडमा सम्पर्क गर्न सकिने छ ।
पछिल्लो समयमा सेयर लगानी व्यवस्थापन सेवा अर्थात पोर्टफोलियो व्यवस्थापन सेवा PMS प्रदायक कम्पनीहरु मध्ये छोटो समयमा मेगा क्यापिटलले गुणात्मक र परिमाणात्मक हिसावले आफूलाई अब्बल सावित गर्न सफल भएको छ ।