त्यसै गरी २५ सेप्टेम्बरमा क्यानाडामा यस चलचित्रको प्रदर्शन गरिनेसमेत निर्माण समूहले जानकारी दिएको छ । नेपालमा भने यो चलचित्रको प्रदर्शन सन् २०२३ मा मात्र हुने भएको छ ।
नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्सन जनारामा निर्माण गरिएको छ ।
युवराज राई (वीरबहादुर) द्धारा निर्देशित यो चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका हुन । एक आर्मी संघर्षलाई चलचित्रको कथाबस्तुमा समेटिएको निमार्ण पक्षले जनाएको छ । विजया राईको प्रस्तुती रहेको चलचित्रको प्रिमियरका लागि दर्शकलाई २० पाउण्ड टिकटदर राखिएको छ ।
संकलित रकम सामाजिक सेवामा खर्च गरिने पनि निमार्ण पक्षले जनाएको छ । चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुले अभिनय गरेका छन् ।
यस चलचित्र चलचित्र ‘सोल अफ द कमाण्डो’का अभिनेता राजकुमार राई एक अभिनेता मात्र होइनन् । उनी कुशल खेलाडीका साथै ब्रिटिस सेनाका वास्तविक कमाण्डरसमेत हुन् । नेपालमा २०५६ सालमा नेपालमा आयोजित आठौं साफ गेममा उनले नेपाललाई तेक्वान्दोमा स्वर्ण पदक जिताएका चर्चित खेलाडीसमेत उनी हुन् ।