Admission Open

ad place

श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आईपीओ खुला गर्ने

काठमाडौं : श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको  आईपीओ खुल्ने भएको छ । लघुवित्तले यही भदौ १५ गतेदेखि जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो ।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्दै छ ।

उक्त आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तले निष्कासन गर्ने कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछनयसका साथै सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

टिप्पणिहरु
Loading...