Admission Open

ad place

लु हेर्नुहोस् : काठमाडौंमा तरकारी तथा फलफूलको बजार भाउ

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो समयमा बजारमा तरकारी तथा फलफूल महंगो हुदैँ गइरहेको छ । शुक्रबार कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजको लागि कृषि उपजहरुको न्यूनतमदेखि अधिकतमसम्म मूल्य सार्वजनिक गरेको छ ।

आज शुक्रबारका लागि तोकिएको मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म रहेको छ । अनार प्रतिकिलो न्यूनतम २५० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ तथा अमला प्रतिकिलो न्यूनतम ९० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म पर्नेछ ।अमला ९५ रुपैयाँ, अम्बा १४५ रुपैयाँ, चोसा आँप २७५ रुपैयाँ, आभोकाडो ४७५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ५४ रुपैयाँ ७५ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८५ रुपैयाँ, कागती २२० रुपैयाँ, किवि ५७५ रुपैयाँ, कुरीलो ४५० रुपैयाँ, अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, हरियो खुर्सानी ६५ रुपैयाँ, तराई गाजर ८५ रुपैयाँ र लोकल गाजर १३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै हरियो तरबुजाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, मुंगरी ताजा माछा २५५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, तितो करेला ४५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, निबुवा ७५ रुपैयाँ, न्यूरो ११० रुपैयाँ, परवर ४८ रुपैयाँ ३३ पैसा, पिंडालू ५८ रुपैयाँ ३३ पैसा, सुकेको भारतीय प्याज ३९ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तने बोडी ६५ रुपैयाँ, ब्रोकाउली २६५ रुपैयाँ, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, भिण्डी ४५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १७५ रुपैयाँ, भेडे खु्र्सानी ७४ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, रायोको साग १४६ रुपैयाँ ६७ पैसा, रुख कटहर ४५ रुपैयाँ, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १६५ रुपैयाँ, सुकेको नेपाली लसुन १२५ रुपैयाँ, लौका ३५ रुपैयाँ, शरीफा १६५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूसा ३२ रुपैयाँ ५० पैसा, फूजी स्याउ २७० रुपैयाँ, र हरियो धनिया ४५० रुपैयाँ रहेको छ

त्यसैगरी, गुन्दुकको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, ठूलो नेपाली गोलभेडा ४७ रुपैयाँ ५० पैसा, ठूलो भारतीय गोलभेडा ५८ रुपैयाँ ३३ पैसा, टनेल गोलभेडा ३१ रुपैयाँ २० पैसा, सानो लोकल गोलभेडा २५ रुपैयाँ २० पैसा, राजमा घिउ सिमी १४५ रुपैयाँ, लोकल घिउ सिमी ६५ रुपैयाँ, घिरौला ४० रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ २१० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ र झिगूनी ४२ रुपैयाँ ५० पैसा रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...