Admission Open

ad place

आजको मौसम पूवार्नुमान : धेरै स्थानमा वर्षा, केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

[बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना]

काठमाडौँ, ३ भदौ : आज देशभर वर्षा हुने अनुमान गरिएको छ ।  गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा बिहानैदेखि चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका विभिन्न स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले बताएको छ ।

राती  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

महाशाखाले मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने भएकाले पहाडी भूरभागमा भूरक्षय, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...