काठमाडौँ : मदन पुरस्कार २०७८ का लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भईसकेका छन् ।
मदन पुरस्कार गुठीको निर्णायक समितिले सोमबार उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो ।
डा. नवराज लम्सालको अग्नि, डा. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत (नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन् ।
२०१३ सालदेखि हालसम्म मदन पु्स्कार पाएका कृति र स्रष्ठाहरु निम्नानुसार छन् ।