काठमाडौँ, ३१ साउन : आज देशका अधिकांश स्थानमा पानी पर्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरैजसो भू/भागमा आंशिक बदली रहेको र प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज दिउँसो देशका पहाडी भू/भागका थोरै स्थानमा र बाँकी भू/भागका एक/दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोली भने गण्डकी प्रदेशका एक/दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षा हुने अनुमान गरिएको छ ।
त्यसैगरी महाशाखाले मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने भएकाले पहाडी भू/भागमा भू/क्षय, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।