
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१३ फाल्गुन २०८१, मंगलवार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
काठमाडौँ, २८ साउन : सरकारले पाँच वर्षमाथिका बालबालिकाहरुलाई दोस्रो चरणको कोभिड,१९ विरुद्धको फाइजर खोज दिने भएको छ । पाँचदेखि १२ वर्ष मुनिका बालबालिकालाई भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा दिइने स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दोस्रो चरणको पहिलो र दोस्रो मात्रा ५० जिल्लाका बालबालिकालाई लगाउने मन्त्रालयले जानकारी दिएको छ । दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म दिइने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरका बालबालिकालाई लगाइने छ ।
यसैगरी मधेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशमा रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र गण्डकीका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ जिल्लामा खोप दिइने भएको हो ।
लुम्बिनीका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पूर्वी रुकुम, कर्णाली कर्णालीका रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट छन् । सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ,बाजुरा, बैतडी र दार्चुला जिल्लामा बालबालिकाले कोरोना विरुद्धको बुस्टर डोज लगाउन पाउने भएका हुन् ।