काठमाडौँ : स्पेनिस क्लब बार्सिलोनाले जोन गाम्परको उपाधि जितेको छ । बार्सिलोनाले मेक्सिकन क्लब पुमास यूएनएएमलाई ६-० ले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि जित्ने क्रममा बार्सिलोनाका पेड्रीले दुई गोल गरे । खेल आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा भएको थियो । यस्तै, रोबर्ट लेवान्डोस्की, औसमाने डेम्बेले, पिएरे औबामेयाङ र फ्रान्की डी योङले एक एक गोल गरे ।
बार्सिलोनाले पहिलो २० मिनेटमै चार गोल गरेको थियो । यसै खेलबाट बार्सिलोनाले आफ्ना रक्षक ड्यानी अल्भेसलाई बिदाइ गरेको छ ।
बार्सिलोनाले अर्को शनिबार रायो भालेकानोसंग खेल्दै ला लिगा सिजन २०२२/२३ सुरुवात गर्नेछ ।