काठमाडौं, १५ साउन : जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि शर्माले राजीनामा दिएका थिए ।
शर्मामाथि छानबिन गर्न बनेको संसदीय अध्ययन विशेष समितिले शर्मालाई नै दोषी ठहर गर्न सकेको थिएन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।
आज (आइतबार) साँझ राष्ट्रपति भवनमा आयोजित विशेष सारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
उक्त समारोहमा उपपारष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अगंका प्रमुखको उपस्थिति थियो ।
करका दर हेरफेर गरेको आरोपमा राजीनामा दिएका जनार्दन शर्मालाई संसदीय छानविन समितिले क्लिन चिट दिएसँगै उनी अर्थमन्त्रीको रुपमा फर्किएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई नै अर्थमन्त्रीमा फर्काउने इच्छा देखााएपछि शर्मा अर्थमन्त्रीको रुपमा फर्किएका हुन् ।
संसदीय विशेष छानविन समिति गठन भएपछि शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए। शर्मालाई अर्थमन्त्री बनाउने देउवाले चाहना राखेपछि उनले मन्त्री क्वाटर समेत छोडेका थिएनन् ।