Admission Open

ad place

आज देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाको कोणसभा

काठमाडौं, १४ साउन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज  देशका सबै निर्वाचन क्षेत्रमा कोण सभा गर्ने भएको छ । महँगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध भन्दै राप्रपाले देशभर कोणसभा गर्न लागेको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाले देशभरबाट पार्टीका सदस्य र नागरिकलाई कोणसभामा सहभागी हुन आह्वान गरेको विभाग प्रमुख श्रेष्ठले जानकारी दिए । राप्रपाले सरकारले माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । पहिलो चरणको आन्दोलनका कार्यक्रम सकेर अहिले दोस्रो चरणको आन्दोलन गरिएको श्रेष्ठले बताएका छन् ।

महँगी नियन्त्रण नहुँदा, किसानलाई मल उपलब्ध गराउन नसक्दा र करको दर परिवर्तन गरी सीमित व्यवसायीलाई फाइदा दिलाएको आरोप लगाउँदै राप्रपाले गठबन्धनको सरकार असफल भएको दाबी गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...