Admission Open

ad place

सेयर बजार : नेप्से ६१.०५ अंकले बढ्दा २ अर्ब ७३ करोडको कारोबार

काठमाडौं,  ८ साउन : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) बढेको छ ।आज परिसूचक नेप्से ६१ दशमलव ०५ अंकले बढेर दुई हजार ७८ दशमलव ५१ विन्दुमा पुगेको छ

सूचक ६१ दशमलव ०५ अंकले बढ्दा दिनभरीमा २ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ। सबै उपसूचकहरु हरियो भएका छन्। बैंकिङ समूहक करिव २३ अंकले उक्लिएको छ भने विकासब क १७७ र फाइनान्स ११८ अंकले उक्लिएको छ। लघुवित्त पनि १७५ अंकले उक्लिएको छ।

जीवन बीमा करिव २०८ र निर्जीवन बीमा ११८ अंकले उक्लिएको छ। ब्यापार, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, अन्य, लगानी र सामूहिक लगानी कोष सूचक पनि उक्लिएको छ। सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टीप्रपोज फाइनान्सको सेयर मूल्यमा बढेर सर्किट लागेको छ।

बजारमा सर्वाधिक कारोबार शिवम् सिमेन्टको ३९ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ। यसपछि नेपाल रिइन्स्योरेन्सको ६ करोड ८२ लाख र हिमालनय डिस्टिलरीको ६ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...