Admission Open

ad place

बढ्दै कोरोना सङ्क्रमण : थपिए १३५ सङ्क्रमित, १ जनाको मृत्यु

काठमाडौँ, १ साउन : पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जनामा १ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा अवधिमा ५९ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा ३२ हजार ५१५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल १ हजार ४३९ जना सक्रिय सङ्क्रमित छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...