Admission Open

ad place

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा झिनो सुधार : नेप्से २ अंकले बढ्यो

[ कारोबार रकम १ अर्ब २३ करोडको ]

काठमाडौँ, १ साउन : आर्थिक वर्ष २०७९/८० को पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । नेप्से आज एक दशमलव ९३ अंकले बढेर दुई हजार ११ दशमलव ३९ बिन्दुमा पुगेको छ ।

आज दुई सय १० वटा कम्पनीका ३० लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब २३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

त्यस्तै, बैंक, व्यापार, उत्पादन, जीवन बीमा र लगानी समूहको सेयर पनि सामान्य बढेको छ । आज लगानी उपसूचक सर्वाधिक ०.९१ प्रतिशत, उतपादनमुलक उपसूचक ०.८६ प्रतिशत र बैंकिङ उपसूचक ०.६३ प्रतिशतले वृद्धि भएको हो ।

आज प्रभु सेलेक्ट फण्डको इकाइ मूल्य सवार्धिक ९.७८ प्रतिशतले, सामुदायिक लघुवित्तको सेयर मूल्य ७.५० प्रतिशतले गिरावट भएको छ ।

केन्द्रीय बैंक मौद्रिक नीतिको तयारीमा छ । लगानीकर्ताहरु भने नयाँ आवमा बजार सकारात्मक हुने आशावादी छन् । नयाँ आर्थिक वर्षमा गएको आवमा जस्तो लगानीकर्ताले पीडा खेप्न नपर्ने उनीहरुको आशा छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...