काठमाडौँ, ३२ असार : आज दिउँसो १ बजे कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ । समिति बैठक असार २७ गतेदेखि जारी छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । आजको उक्त बैठकमा पार्टीका शीर्ष नेता एवं पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा आजसम्मका बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्ने तयारी भएको जनाईएको छ ।