काठमाडौं, २९ असार : काठमाडौं उपत्यकामा हैजाका बिमारी बढ्दै गएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार थप एक जनामा हैजाको संक्रमण भेटिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको जानकारी दिएका हुन् ।
उनका अनुसार भक्तपुरस्थित बालकोटमा थप एक जनामा हैजाको संक्रमण पुष्टि भएको हो । अहिलेसम्म हैजाका कुल बिरामीको संख्या २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
लापरवाही गरे हैसाले महामारीको रुप लिन सक्ने भन्दै चिकित्सकह्ररुले विशेष सावधानी अपनाउन आग्रह गर्दै आएका छन् ।