काठमाडौं, २७ असार पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जनामा १ हजार १८६ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा अवधिमा ३७ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा ३५ हजार ४०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ७७० जना सक्रिय सङ्क्रमित छन् ।