काठमाडौं : घटराज मेमोरियल स्कुलका विद्यार्थी कृति पोखरेल कविता प्रतियोगितामा प्रथम भएकी छन् ।
भानु जयन्तीको अवसरमा झरना सन्चारद्वारा आयोजित कविता वाचन प्रतियोगितामा उनी प्रथम भएकी हुन् ।
कक्षा १० मा अध्ययनरत पोखरेलले प्रथम हुँदै नगद पुरस्कार १ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् ।
विद्यालयमा अध्ययनरत छात्रा कृति पोखरेलले नगद पुरस्कार सहित प्रथम स्थान हाँसिल गर्न सफल भएकोमा प्रिन्सिपल राजेश भट्टराईले बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।