Admission Open

ad place

वार्षिकोत्सवको अवसरमा लुम्बिनी विकास बैंकद्वारा प्रभातफेरी तथा वृक्षरोपण कार्यक्रम

काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडको १५औं वार्षिकोत्सवको अवसरमा विभिन्न बित्तीय सचेतना सम्बन्धी नाराका साथ प्रभातफेरी तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छन् ।

प्रभातफेरी बैंकको कलंकी शाखा कार्यालयदेखि चन्द्रागिरी नगरपालिका वडा नं १३ को कोलचौर, राम मन्दिर सम्म पुगेर सम्पन्न भएको बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले जानकारी दिए ।

बैंकले चन्द्रागिरी नगरपालिका वडा नं १३ को कोलचौरमा कपुर, कल्की, चॉप लगायत विभिन्न जात – जातीका गरी १०० वटा बिरुवाहरुको वृक्षरोपण गरेको छ । उक्त बृक्षरोपण कार्यक्रमको शुभारम्भ चन्द्रागिरी नगरपालिका, वडा नं १३ का अध्यक्ष श्रीकृष्ण खत्री तथा बैकंका अध्यक्ष दशरथ रिसालले गरे । सो कार्यक्रममा बैंकका सञ्चालक केशब खतिवडा, अन्जु कुमारी गुप्ता लगायत बैंकका ब्यवस्थापन समिति र कर्मचारीहरु समेत वृक्षरोपण  कार्यमा सहभागी थिए ।

बैंकले ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।  आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...