Admission Open

ad place

कृषि विकास बैंकमा रोगारीको अवशर : १५२ कर्मचारीको माग

काठमाडौं, २४ असार : कृषि विकास बैंकले १५२ कर्मचारीको माग गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको हो । उक्त कार्यका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको छ ।

बैंकले प्रकाशित गरेको सूचना अनुसार ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ ।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ । कृषि बैंकले कुल १५२ कर्मचारी माग गरेकोमा खुलातर्फ ८२ सिट छन् भने अरु समावेशी सिट रहेका छन् ।

सूचनामा जनाएअनुसार यही साउन १२ गतेभित्र आवेदन दिईसक्नु पर्नेछ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...