Admission Open

ad place

साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने

काठमाडौँ : फिल्म ‘गुञ्जन’ आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्म वितरकका लागि काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीसम्म सम्झौता गर्दै फिल्मको रिलिज मिति तय गरेको हो ।
विशुद्ध प्रेमकथाको विषयमा बनेको फिल्ममा सारा सिर्पाली, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।
विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जन फिल्मका निर्देशक हुन् । थुप्रै फिल्ममा द्वन्द्व निर्देशन गरेका अष्टले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । आफूले फिल्म क्षेत्रबाट सिकेको, जानेको सबै अनुभव ‘गुञ्जन’ मा खन्याएको अष्टले बताए ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । काठमाडौँ, पोखरा, जोमसोममा र दुवईमा छायांकन भएको छ ।

फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ । फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत रहेको छ । उनले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...