काठमाडौँ १४ असार : नेकपा एमालेका पूर्वउपाध्यक्ष, राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन्।
उनले आज अपरान्ह ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन गरेको सार्वजनिक गर्ने भएका हुन ।
गौतमले शनिबार राष्ट्रिय भेला आयोजना गरेका थिए ।
वामदेव गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम एकता राष्ट्रिय अभियान हुने बताइएको छ ।