Admission Open

ad place

नेप्से करिब साढे ३७ अंकले घट्दा १ अर्ब १३ करोडको कारोबार

[ साताको पहिलो दिन नै सेयर घटेर राताम्मे ! ]

काठमाडौं : साताको पहिलै दिन सेयर घटेर राताम्मे भएको छ । आज नेप्से ३७.२७ अंकले घटेर एक हजार नौ सय ३४ दशमलव ११ विन्दुमा झरेको छ । आज बजारका सबै उपसमूहका सूचक घटेका छन् ।

आज दुई सय २३ वटा कम्पनीको ३६ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब १३ करोड ४० लाख रुपैयाँमा कारोबार भएको छ ।

आज बैंकिङ १२, विकास बैंक १२४, फाइनान्स ५१, होटल तथा पर्यटन ४७, जलविद्युत् ८७, लगानी १, जीवन बीमा १२२, उत्पादन ३२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा १५४, अन्य ५३ र ब्यापार उपसमूह ३० अंकले घटेका छन्। त्यस्तै, रिभर फल्स पावरको मूल्य ९.५ तथा बलेफी हाइड्रोको ८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल टेलिकम, एनसीसी बैंक, सेन्चुरी कमर्सियल बैंक, नबिल बैंक र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहेका छन् भने, आँधिखोला लघुवित्तको मूल्य १० प्रतिशत तथा सीवाईसी नेपाल लघुवित्तको ४ प्रतिशत बढेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...