Admission Open

ad place

जिल्ला समन्वय समिति खोटाङको नयाँ नेतृत्व चयन आज

[हालका जिल्ला समन्वय समिति प्रमुख बबी चाम्लिङको पाँच वर्षमा के के भयो ?

दिक्तेल, खोटाङ : जिल्ला समन्वय समिति खोटाङले ५ वर्षमा गरेका गतिविधिलाई खोटाङ एक दर्पण नामक पुस्तकमा तयार पारिएको छ ।

पु्स्तक जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङद्वार सो बिषयमा थप स्पष्ट पार्दौ पत्रकार तथा सरोकारवालाहरूलाई सार्वजनिक तथा वितरण गर्नुभयो ।

आगामी ५ वर्षका लागि जिल्ला समन्वय समिति खोटाङको नयाँ नेतृत्व चयन आज हुँदैछ । पाँच दलीय गठबन्धनका तर्फबाट चुनावताका गरिएको सहमती अनुरुप गठबन्धनका तर्फबाट जसपाका सनबहादुर राईलाई प्रमुख बनाउने पक्का जस्तै भएको छ । एमालेको तर्फबाट किशोर श्रेष्ठलाई उमेद्वार बनाईएको बताईएको छ । तर गठबन्धनका राई समन्वय प्रमुख बन्ने निश्चित प्राय भएको छ ।

हालका जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले पाँच वर्षमा भए गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् । २० साउन २०७४ मा सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनबाट चाम्लिङ प्रमुखमा निर्वाचित भएका थिए । चाम्लिङले आफ्नो पाँच वर्षे कार्यकालमा भए÷गरेका कामको फेहरिस्त सार्वजनिक गरेका हुन् ।

जिल्ला समन्वय समितिको नयाँ नेतृत्व चयनका लागि तोकिएको निर्वाचनको अघिल्लो दिन चाम्लिङले पत्रकार भेटघाट कार्यक्रम गरेका हुन् । जिल्लामा जनप्रतिनिधिको पोशाक र लोगो निर्धारणदेखि स्थानीय तह, प्रदेश र संघीय सरकार तथा संघसंस्थाबाट सञ्चालन भएका योजना, कार्यक्रमको अनुगमन, समन्वय र सहजीकरण गरेको कुरा समन्वय प्रमुख चाम्लिङले अवगत गराए।

समृद्ध खोटाङ निर्माण अभियानमा गुणस्तरीय निर्माणसहित जनसेवी प्रशासनका लागि प्रभावकारी अनुगमन र समन्वयको आधारमा कार्य सञ्चालन गर्नेगरी सबैमा मार्ग निर्देशन गरेको, कोभिड–१९ को महामारीका समयमा जिसस प्रमुखको संयोजकत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति गठन गर्दै महामारी रोकथाम तथा नियन्त्रण अभियान सञ्चालन गरिएको जानकारी दिइएको छ । कोभिड–१९ कै महामारीको बेला जिसस प्रमुख र उपप्रमुखको १५ दिनको र सदस्यको १० दिनको पारिश्रमिकबाट कुल एक लाख पाँच हजार रकम प्रदेश १ सरकारको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरेको चाम्लिङले जानकारी दिए ।

जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको तीन करोड २१ लाख रकममध्ये ५४ लाख जिल्ला समन्वय समिति र बाँकी रकम १० स्थानीय तहका लागि विनियोजन गरिएको छ । प्रदेश सरकार अन्र्तगत रहेका कार्यालय सञ्चालन तथा व्यवस्थापन समिति प्रमुख रहेर काम गरेको, जिल्ला अस्पतालमा नयाँ स्वास्थ्य उपकरण थप तथा जनशक्ती व्यवस्थापनमा पहल गरेको चाम्लिङले बताए ।

‘जिल्ला अस्पतालमा मुटुको अप्रेसनपछि परीक्षण सेवा, थाइराइड परीक्षण, डिजिटल एक्स–रे, पोषण पुनर्स्थापना गृह स्थापनामा पहल गरियो,’ चाम्लिङले भने, ‘दन्त चिकित्सक सेवा, ब्लड बैंक स्थापना, जिल्ला अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण सुरु गर्नमा पनि समन्वय समितिको भूमिका रह्यो । विभिन्न पालिकामा आयुर्वेद स्वास्थ्य उपचार सेवा सुरु गरियो ।’

जिसस प्रमुख बनेपछि चाम्लिङले ‘विचार सहितको विकास संमृद्ध खोटाङ हाम्रो निकास’ भन्ने नारा अघि सारेका थिए ।
चाम्लिङले आगामी निर्वाचनबाट आउने जिल्ला समन्वय समिति प्रमुखका उम्मेदवारलाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन ।

टिप्पणिहरु
Loading...