Admission Open

ad place

दोहोरो अंकले घट्यो नेप्से, कारोबार १ अर्वमुनि

काठमाडौं : साताको अन्तिम कारोबार दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ । हिजो १७ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ६४ अंकले घटेर दुई हजार ४८ दशमलव १६ विन्दुमा झरेको छ ।

आज नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स र सबै क्षेत्रगत उपसूचक पनि घटेका छन् । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स ४.३१ अंकले घटेर ३९२.०६ अंकमा बन्द भएको छ ।

आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार डेढ अर्बमाथि र बिहीबार करिब डेढ अर्बको कारोबार भएको बजारमा आज कारोबार रकम १ अर्व पनि पुग्न सकेन ।

आज दुई सय २९ कम्पनीको ३० लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा ८९ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कुमारी बैंकको सर्वाधिक पाँच करोड ५ लाखको कारोबार भएको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ४ करोड २४ लाख रुपैयाँको कारोबार हुँदा मेगा बैंकको ३ करोड १८ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा कारोबार भएकामध्ये उपकार लघुवित्त, ग्रिन भेञ्चर लिमिटेड र बलेफी हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...