काठमाडौं : सेञ्चुरी कर्मसियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता भएको छ ।
बैंकका एकाउन्ट होल्टर, डेबिट/क्रेडिट कार्ड प्रयोगकर्तालाई खाना तथा पेयपदार्थमा १० प्रतिशत र एकोमोडेसनमा २० प्रतिशत छुट दिइने सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले जनाएको छ ।
उक्त छुटले बैंकका ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।