काठमाडौँ : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको १३ औं पूर्ण केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । उदयपुरको रौतामाई गाउँपालिकामा जेठ १२ गतेदेखि १७ गतेसम्म बसेको बैठकले फुटवादलाई परास्त गर्दै एकीकृत जनक्रान्तिको संघर्षलाई उचाईँमा पुर्याउने लगायतका विभिन्न निर्णय गरेको छ ।
महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले आगामी असोजमा पार्टीको नवाैँ महाधिवेशन गर्ने निर्णय गरेको छ । यसअघि फागुनमा गर्ने बिषयमा छलफल भएको भएपनि स्थानीय निर्वाचन लगायत विविध कारणले असोजमा उपयुक्त हुने भन्दै अन्तिम समयमा असोजमा गर्ने निर्णय भएको हो ।
बैठकका निर्णयहरु आागामी जेठ २० गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर विस्तृतमा सार्वजनिक गरिने नेपाल कम्युनिस्ट पार्टी सचिवालयले जनाएको छ । बैठकमा ५८ जना केन्द्रिय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु सहभागी थिए ।