Admission Open

ad place

सेयर बजारमा बजेटको नकारात्मक प्रभाव, ५० अंकले घट्यो नेप्से

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९र८० को बजेट ल्याएको भोलिपल्ट अर्थात् पहिलो कारोबार दिन सेयर बजार ५० अंकले घटेको छ । नेप्से आज ५० दशमलव ३३ अंकले घटेर दुई हजार एक सय ७३ दशमलव ४४ विन्दुमा झरेको छ ।

आज दुई सय २७ कम्पनीको ३४ लाख ५६ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबै समूहको सेयर घटेकोमा बैंकिङ ३१, विकास बैंक ९७, फाइनान्स ३९, होटल तथा पर्यटन ३८, जलविद्युत ६७, जीवन बीमा ३०६, उत्पादन १२७, माइक्रोफाइनान्स ७१, निर्जीवन बीमा २४८, अन्य ४६ र ब्यापार उपसमूह ६२ अंकले घटेका छन् ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य १० प्रतिशतले घटेको छ । सो बैंकको मूल्य प्रतिकित्ता ३६७.७० मा झर्दा पनि बिक्रीतर्फ चाप परेकाले केही दिन मूल्य घट्ने संकेत देखिएको छ । ज्योति लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ७ प्रतिशत घटेको छ भने आज बलेफी हाइड्रोको मूल्य १० प्रतिशत बढ्दा उपकार लघुवित्तको मूल्य ८ प्रतिशत बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...