इटहरी : पछिल्लो समय दुर्व्यवहारको घटना बढ्दो क्रममा छ । सामान्य व्यक्तिदेखि सार्वजनिक व्यक्तिसम्मलाई दुर्ववहारका घट्नाले पिरोल्ने गरेको छ । यस्तैमा अभिनेत्री मिरुना मगर पनि दुर्ववहारमा परेकी छन् । त्यो पनि सार्वजनिक स्थलमै । हाल बक्स अफिसमा अत्याधिक व्यापार गर्न सफल भैरहेको नेपाली चलचित्र ‘कबड्डि ४’ की मुख्य नायिका हुन मिरुना ।
चलचित्रले सफलता हासिल गर्न थालेपछि हलहलमा दर्शकलाई भेटन टिमसंगै पुगेकी उनलाइ एक व्यक्तिले गलत तवरले छोएर दुर्व्यवहार गरेका हुन् ।
लामाको पहिरनमा देखिएका सो ब्यक्तिलाई अभिनेत्री मिरुनाले थप्पड समेत हानेकी छन् ।
हेर्नुस मिरुनाले थप्पड हानेको भिडियो :