Admission Open

ad place

अशोक र सलिना फिचर्ड  ‘तिम्रो मायामा’ सार्वजनिक ( भिडियो )

काठमाडौं : गायक थानेश्वर गौतमको सुमधुर स्वर, संगीतमा समावेश गजल ‘तिम्रो मायामा’को म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार रमेश लुइँटेलको रहेको छ।  गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ। यस गजलमा प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि  बाच्न सक्छु भन्ने भावाना प्रेमीले व्यक्त गरेका छन्।

म्युजिक भिडियोमा गायक गौतमको साथमा अशोक भुजेल र सलिना खत्री फिचर्ड छन्।  राम केसीले छायाँकन गरेको भिडियोमा नरोत्तम न्यौपानेको कोरियोग्राफी रहेको छ।  भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन्। अशोक भुजेलको निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युव च्यानल माफर्त सार्वनजिक भएको हो।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...