काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ६४ अंकले घटेर २,३५० दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज ३४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५१ कम्पनीको शेयर मुल्य घटेको छ । आज उत्पादनमुलक र अन्य बाहेक सबै उपसूचक घटेका छन् ।
भोलि शुक्रवारदेखि चार दिनसम्म भने शेयर बजार बन्द हुने भएको छ । चार दिनसम्म सार्वजनिक बिदा परेको हुदाँ शेयर बजार बन्द हुने भएको हो।
शुक्रवार निर्वाचनका लागि सार्वजिनक बिदा दिइएको छ । तथापि शुक्रबार शेयर बजार बन्द नै हुने गर्छ। बैशाख ३१ गते शनिवार परेको र सरकारले जेठ १ गतेबाट आईतबार पनि सार्वजनिक विदा दिने घोषणा गरेकाले आइतवार पनि बजार बन्द हुने भएको हो ।
त्यसैगरी जेठ २ गते सोमबार बुद्ध जयन्ती परेको र उक्त दिन पनि सार्वजनिक विदा भएकोले शेयर बजार अब जेठ तीन गते मंगलबार मात्रै र खुला हुने भएको हो ।
आज दिनभरिमा २२८ वटा कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।