Admission Open

ad place

भारात्तोलनमा स्वर्ण पदक विजेता खेलाडी सन्जु मृत फेला

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला परेकी छिन् ।

ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरीलाई मंगलबार बिहान मृत अवस्थामा फेला पारिएको हो ।

चौधरी नेपाललाई सागमा भारात्तोलनमा स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुन् । २३ वर्षीय चौधरी हाल एसियाली खेलकुदको तयारीमा थिइन् ।

उनी एसियाली खेलकुदका लागि नेपालगञ्जबाट छनोट भएकी थिइन् । छनोटमा सहभागी १६ जनामध्येबाट चौधरी छानिएकी थिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...