वहाँहरुले जुन प्रकारले निःशुल्क रुपमा जागिर खोजिदिँदै आउनुभएको छ त्यसले पक्कै पनि धेरै जनाको करियर र जीवनमै सकरात्मक परिवर्तन ल्याएको छ । हामी काम गरिरहेका मानिसहरूलाई यस्तो अवसरहरूको बारेमा खासै थाहा हुँदैन । राम्रो अवसरको खोजीमा रहेका म जस्तै अन्य उम्मेदवारहरूलाई कुमारी जबले यस्तै सेवा प्रदान गर्दै जावस्, शुभकामना ।
- रोहित रौनियार
आजसम्म पनि नेपालमा राम्रो काम पाइँदैन र पाइए पनि परिश्रम अनुसारको तलब पाइँदैन भन्ने मानसिकता बोकेको जमात ठुलै छ । तर, नेपालमै पनि यस्ता थुप्रै मानिसहरू छन् जसले आफ्नो क्षमता अनुसारको अवसर पाएका छन् र उक्त अवसर तथा त्यसले प्रदान गर्ने सेवा–सुविधामा सन्तुष्ट पनि छन् ।
कुमारी जबले विगत ८ वर्षदेखि धेरैजनालाई निःशुल्क र सहज रुपमा जागिर खोजिदिँदै आएको छ । यसै सन्दर्भमा केएल दुगडको स्मार्ट अप्लायन्सेज डिपार्ट्मेन्टमा सि.इ.ओ.को रुपमा कार्यरत श्री रोहित रौनियारसँग गरिएको कुराकानीको संक्षिप्त अंश :
मैले यहाँ काम गर्न थालेको २ वर्ष भयो ।
खासमा म यहाँ आउनुभन्दा अगाडि नियोटेरिक नेपालमा सिइओको रुपमा कार्यरत थिँए । र त्यसै समयमा कुमारी जबले मलाई के.एल. दुगडमा राम्रो अवसर भएको जानकारी गरायो ।
कुमारी जबले मलाई के.एल. दुगडको सम्बन्धित विभागसँग मिटिङ गराइदिनेदेखि लिएर अन्य आवश्यक सहयोग गर्यो । यहाँ कार्यरत कर्मचारीहरू मलाई अत्यन्तै मिलनसार र सहयोगी लाग्यो ।
मेरो आवश्यकता र अपेक्षा अनुरुपनै सबै कुरा भयो । वास्तवमा वहाँहरुले उक्त अवसरको बारेमा जानकारी गराएपछि मैले सम्बन्धित कम्पनीमै बाँकी कुरा गर्न चाहेको थिँए । वहाँहरुले त्यही अनुसार नै समय र सन्दर्भ मिलाइदिनु भयो ।
५. कुमारी जबमार्फत पाएको रोजगारीले तपाईंको जीवनमा के परिवर्तन ल्याएको छ ?
मैले अहिलेसम्म मेरो कामलाई निरन्तरता दिइरहेको छु । मलाई लाग्छ राम्रो काम पाउनु र त्यसलाई निरन्तरता दिनु नै हामी जस्तो कर्मजीविहरूका लागि महत्वपूर्ण कुरा हो ।
अत्यन्तै सन्तुष्ट छु ।
मलाई यसरी राम्रो अवसर दिलाई दिएकोमा कुमारी जबप्रति आभारी छु । वहाँहरुले जुन प्रकारले निःशुल्क रुपमा जागिर खोजिदिँदै आउनुभएको छ त्यसले पक्कै पनि धेरै जनाको करियर र जीवनमै सकरात्मक परिवर्तन ल्याएको छ । हामी काम गरिरहेका मानिसहरूलाई यस्तो अवसरहरूको बारेमा खासै थाहा हुँदैन । राम्रो अवसरको खोजीमा रहेका म जस्तै अन्य उम्मेदवारहरूलाई कुमारी जबले यस्तै सेवा प्रदान गर्दै जावस् । व्यवसाय मात्रै गर्नुभन्दा पनि आफ्नै करियरमा पनि सन्तुष्ट हुन सकिन्छ भन्ने सन्देश दिन पनि कुमारी जब सफल होओस् । र यसैगरी आफ्नो सेवा विस्तार गर्दै जावस्, यही शुभकामना दिन चाहन्छु ।