Admission Open

ad place

बैंक अफ काठमाण्डूका ग्राहकलाई विभिन्न स्थानमा ४५% सम्म छुट

काठमाडौं : बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्तालाई देशका विभिन्न स्थानहरुमा ४५% सम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग सम्झौता गरेको हो ।

सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले होटल तथा रेस्टुरेन्ट अन्र्तगत Purple Haze Restro and Garden, , एयरपोटचोक, विराटनगरमा १५%,Mitho Restaurant and Thakali Kitchen, बिर्तामोड १०%, Nobel Hotel and Swimming Complex Pvt. Ltd., इमाडोलमा १०%,Meeting Point Restaurant & Bar, बिर्तामोड ५%, Hotel Earth Light Pvt. Ltd, सौरहा, चितवनमा २०%, Chicken Station, इमाडोलमा १०% तथा Solmari Restro & Meeting Pvt. Ltd, इमाडोलमा १५% को छुट पाउनेछन् ।

अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत Medicity Pharmacy वित्र्तामोडमा १०%, Ramjanaki Hospital Pvt. Ltd., , जनपुरमा १५% तथा Namo Manakamana Dental and Clinic Pvt. Ltd., इमाडोलमा २५%को छुटको ब्यवस्था रहेको छ ।

साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ता महानुभावहरुले विराटनगरको पिपलचोकमा रहेको Tanashqa Fashion Studio मा १५% छुट पाउनेछन् । जिम÷फिटनेस सेन्टर अन्र्तगत Shapes Fitness Gym, , ढल्कोमा विभिन्न योजनाहरुमा ४५% सम्मको छुट रहेको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ता महानुभावहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्नसक्नेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...