Admission Open

ad place

अनेसास ‘बाल-तारा’ पुरस्कारको घोषणा

समाचारदाता : प्रवासमा जन्मिएका र हुर्किएका  १८ बर्ष मुनिका भाइ बहिनीहरुलाई नेपाली भाषा, साहित्य, कलाका विविध आयाममा आकर्षण र प्रेरणा दिने उदेश्यले  ‘अनेसास बालतारा’ पुरस्कारको स्थापना गरिएको छ ।
अनेसासको मासिक बाल कार्यक्रम ‘बाल-तारा’  मार्फत प्रतिभाको खोजीगर्दै यो पुरस्कारको परिकल्पना गरिएको हो ।
यसको प्रथम संस्करणस्वरूप पहिलो पटक यो पुरस्कारको घोषणा गरिएको छ ।

जसअनुसार पहिलो पटक आभाष अर्याल   (भर्जिनिया,  अमेरिका ), एभरेष्ट म्युजिकल ब्याण्ड  (बोष्टन, अमेरिका), जेनिशा थापा   (टोकियो, जापान), वृष्टी दवाडी     (सिड्नी, अस्ट्रेलिया ), कन्चन दाहाल  (भर्जिनिया, अमेरिका),  लिदिया भुसाल  (बार्सिलोना, स्पेन) र सचिन चापागाईं    (डिसी, अमेरिका) लाई प्रदान गरिने भएको छ ।

बालतारा कार्यक्रम सञ्चालिका विमला निरौलाको संयोजकत्वमा अमेरिकाबाट राजेन्द्र श्रेष्ठ र तारा अधिकारी, अष्ट्रेलियाबाट महेश्वर शर्मा र डा. प्रकाश पौडेल, युरोपबाट शारदा पौडेल निशा, जापानबाट रविन शर्मा र प्रदीप थापा रहेको प्रतिभा छनोट समितिले निर्णय गरेको उक्त पुरस्कारमा एकसय पाँच डलर र प्रमाण पत्र रहेको छ ।
यही शुक्रबार र शनिबार हुने बाल सम्मेलनमा उक्त पुरस्कार प्रदान गरिने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...