
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१४ फाल्गुन २०८१, बुधबार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
काठमाडौं, ७ चैत : दोस्रो चरणको राष्ट्रिय अभियान अन्तर्गत आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदैछ । मंगलबारबाट सुरु भएको अभियान आज सकिँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो ।
२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।