Admission Open

ad place

गायिका मिलन नेवारको ‘यूके लण्डन’मा अभिषेक र गीता

काठमाडौँ : गायिका मिलन नेवार र गायक प्रकाश सिंहको स्वर रहेको ‘यूके लन्डन’मा  बोलको गीतको भिडिओ सार्वजनिक भएको छ। मकाउमा रहेका गायक  सिंहले नयाँ वर्षको अवसर पारेर बजारमा ल्याएको गीतका शब्द सिर्जना राजु आर डीका हुन्।गायक स्वयमकै संगीत रहेको गीतको भिडिओमा चर्चित मोडल गीता ढुंगाना र अभिषेक श्रेष्ठको अभिनय रहेको छ।

पहिलो भेटमा नजर जुधाएर ख्याल ठट्टामा नै प्रेममा परेको कुरालाई पछिल्लो समयका व्यस्त अनि  चर्चित निर्देशक विक्रम चौहानले कलात्मक शैलीमा भिडिओमा देखाएका छन्।लक्ष्मण चौहानको सम्पादन रहेको भिडिओमा प्रकाश खड्काको छायांकन रहेको छ। गायक सिंहले यसअघि नै आधा दर्जन भिडिओ बजारमा ल्याइसकेका छन्।

जसमध्ये गायकले केही समय अगाडि निता ढुंगनासँग अभिनय गरेको भिडिओ मेरो सारङ्गीले चर्चा पाएको थियो। अमेरिकामा रहेका महेश जोशी, मकाउमा रहेका अमर लिङ्देन, अडिओ नेपालका बुद्ध सायमी र काठमाडौंका सन्तोष विश्वकर्माको सहयोगमा भिडिओ निर्माण भएको गायक सिंहले बताए।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...