काठमाडौँ : कार्टुनिष्ट क्लब अफ नेपालको आयोजना र सिएमआरको सहयोगमा नेपालमा अग्रजदेखि अनुजसम्मका करिब तीन दर्जन कार्टुनिष्टले तयार पारेका भ्रष्टाचारबिरोधी कार्टुनको प्रदर्शनी हुने भएको छ ।
देशका सातै प्रदेशमा प्रदर्शन गर्न लागिएको ‘निशाना’ भ्रष्टाचारबिरोधी कार्टुनको प्रदर्शनीको उद्घाटन संघीय संसदका सम्माननीय सभामुख अग्नीप्रसाद सापकोटाले आज विहान ११३० बजे नेपाल आर्ट काउन्सिल बबरमहलमा गर्ने छन् ।