पोखरा : विद्यालयबाट घर फर्कदै गर्दा चार दिनदेखि हराएकी नौ वर्षीया एक बालिका आज पोखरामा मृत भेटिएकी छिन।
पोखरा महानगरपालिका वडा १४ चाउथेस्थित रामेस्वरी माद्यामिक बिद्यालयको कक्षा १ मा अध्ययनरत नौ वर्षीय बालिका सुशिला ओली आज मृत भेटिएकी हुन्।
त्यस खोंचमा बालिका कसरी पुगिन ? उनको हत्या भएको हो कि भबितब्य मृत्यु हो भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए। शबको पोस्टमार्टम रिपोर्ट आएपछि उनको हत्या हो कि हैन भन्न सकिने डिएसपी तिवारीले बताए।